Rule 67
शिशु विकास केन्द्र स्थापना सम्बन्धी व्यवस्था
(१) कुनै संस्थाले शिशु विकास केन्द्र स्थापना गर्न चाहेमा स्वीकृतिको लागि सम्बन्धित गाउँ विकास समिति वा नगरपालिका समक्ष अनुसूची–२ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन पर्न आएमा गाउँ विकास समिति वा नगरपालिकाले सो निवेदनका सम्बन्धमा आवश्यक जाँचबुझ गर्नेछ र जाँचबुझ गर्दा निवेदकलाई शिशु विकास केन्द्र स्थापना गर्न स्वीकृति दिन मनासिब देखिएमा आवश्यक शर्त तोकी अनुसूची–५ बमोजिमको ढाँचामा स्वीकृति दिनेछ ।
(३) कुनै संस्थाले उपनियम (२) बमोजिम तोकिएको शर्त अनुरुप शिशु विकास केन्द्र सञ्चालन नगरेमा गाउँ विकास समिति वा नगरपालिकाले त्यस्तो केन्द्रलाई दिएको स्वीकृति कुनै पनि बखत रद्द गर्न सक्नेछ ।